लोडसेडिङ मुद्दामा कारण देखाऊ आदेश
काठमाडौं , फाल्गुन ३० - नेपाल विद्युत् प्राधिकरणले दस घन्टामात्र विद्युत् सेवा उपलब्ध गराएको हुँदा न्यूनतम शुल्क पनि त्यसै अनुपातमा लिन लगाउन आदेश जारी गर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले प्राधिकरणको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।